काठमाडौं । हरेक विषयमा बोल्दै आएकी एक चर्चित अभिनेत्री गम्भीर प्रकरणमा फसेकी छिन् । बलिउड अभिनेत्री कङ्गना राणावत र उनकी बहिनी रंगोली चन्देललाई तेस्रो पटक मुम्बई प्रहरीले समन पठाएको छ । कंगनालाई २३ नोभेम्बरमा बान्द्रा प्रहरी चौकी र २४ नोभेम्बरमा रंगोलीलाई उपस्थित हुन भनिएको छ ।

ट्विटरमा कङ्गना र रंगोलीको बिरूद्ध घृणा फैलाएको मुद्दा दायर गरिएको छ । प्रहरी उपायुक्त अभिषेक त्रिमुखेले भने, ‘हामीले तेस्रो सूचना जारी गरेका छौं र उनीहरुलाई बान्द्रा प्रहरीको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छौं ।’ प्रहरीका अनुसार कङ्गनालाई यसअघि दुई समन पठाइएपछि उनले १५ नोभेम्बरसम्म मुम्बई पुग्न असमर्थ भएको बताउँदै आफ्नो भाइको विवाह भएको उल्लेख गरेकी थिइन् ।

कास्टिङ्ग निर्देशक मुनव्वर अली उर्फ ​​साहिलले आफ्नो उजुरीमा भनेका थिए कि कङ्गना र उनकी बहिनी रंगोलीको ट्वीटले ‘जनताको दिमागमा बलिउडप्रति नराम्रो छवि ल्यायो र दुई समुदायका मानिसहरूबीच साम्प्रदायिकता पनि भयो । विभेद ल्याउन पनि कोसिस गरेको छ ।’

कङ्गना र उनकी बहिनीले उनीहरूको ट्वीटमा धर्मसँग सम्बन्धित गरेर मानिसलाई भड्काउन खोजेको आरोप छ । उजुरी गर्ने व्यक्तिले दुई धर्मबीच साम्प्रदायिक तनाव फैलिएको आरोप लगाएका छन् । हामी तपाईंलाई बताउँछौं कि उजुरीकर्ताले धारा १२४ए, १५३ए,२९५ए, २ ३४ अन्तर्गत उजुरी पेश गरेको थियो ।

सम्बन्धित खबरहरु