काठमाडौं । जुम्लामा लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट विद्यालय सञ्चालनमा ल्याइएको थियो । तर विद्यालय संचालनमा ल्याएपछि एकैपटक ५१ विद्यार्थीलाई कोरोना पुष्टि भएको छ । ठूलो संख्याका विद्यार्थीमा कोरोना पुष्टि भएपछि विहिवारवा जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द भएका छन् ।

 

यस्तो निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।

 

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था विहिवार देखि बन्द गरिएको हो ।

 

सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।

 

सम्बन्धित खबरहरु