बारा- एपीएफले आइतबार दस खेलाडीमा सीमित लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीलाई २-१ ले स्तब्ध पार्यो र छैटौं रुस्लान सिमरा गोल्डकप फुटबलको क्वाटरफाइनल यात्रा तय गर्यो । यो हारले दुई पटकको विजेता मनाङ चाँडै घर र्फकन बाध्य भयो ।
एपीएफ पनि दस खेलाडीमा सीमित भएको थियो र उसको जितमा अञ्जन विष्ट र सन्तोष श्रेष्ठले एक/एक गोल गरे । एपीएफले खेलको १३ औं मिनेटमा अग्रता लिएको थियो । रञ्जन विष्टले निकालेको पासमा अञ्जनले गोलको खाता खोले । खेलको निणर्ायक मोड भने ३० औं मिनेटमा आयो, जतिबेला मनाङका लवल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसयता मनाङ दबाबमा आएको थियो । यसबीच मनाङले ७७ औं मिनेटमा बराबरी गोल फर्कायो । अनिल गुरुङको पासमा विशाल राईले गोल गर्दै खेल रोमाञ्चक तुल्याए ।
त्यसलगत्तै एपीएफका रञ्जन पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । दोस्रो हाफमा मनाङले एपीएफमाथि दबाब बढाए पनि खेलको अन्त्यतिर सम्हालिन सकेन । खेलको ८९ औं मिनेटमा सन्तोषले निणर्ायक गोल गरे । हारमा मनाङका प्रशिक्षक नवीन न्यौपाने स्तब्ध देखिए ।
नवीनको दाबी थियो, ‘उत्कृष्ट प्रदर्शन गर्दागर्दै हार बेहोर्न बाध्य रह्यौं ।’ उनले पहिलो हाफमा आपनो टिम दस खेलाडीमा सीमित हुनु दुर्भाग्यपूर्ण रहेको बताए । अञ्जन ‘म्यान अफ द म्याच’ घोषित भए ।