काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । जुन अनौठो मानव सेवाका लागि गरिएको कर्म भएकाले सम्मानका साथ यहाँ प्रस्तुत गर्दैछौ । पछिल्ला दिनहरुमा ४२ वर्षीय फिल्म निर्माता निधि परमार हीरानन्दानी खबरमा छिन ।

वास्तवमा उनले लकडाउनमा ४२ लिटर दुध दान गरेकी छन् । तपाईंलाई जानकारी गराउँ कि उनी यस वर्ष नै आमा बनिन् । दुध गाई, भैसी वा जनावरको हैन स्वयं उनी आफ्नै दुध हो ।

जब उनले महसुस गरिन् कि उनीसँग पर्याप्त दुध सञ्चित छ, तब उनले पहिले आफ्नो परिवार र यस विषयमा आफ्ना साथीहरूसँग कुरा गरिन् । उसले धेरै सुझावहरू पाइन् तर त्यसपछि उनले आफ्नो दूध दिने निर्णयमा पुगेकी हुन् ।

उनले भाइस न्यूज च्यानललाई अन्तर्वार्ता दिएकी थिइन् । उनले भनिन, ‘मेरो छोराको जन्म भएदेखि मलाई लाग्यो कि धेरै दुध खेर जाँदैथियो । किनकि मेरो छोराले पूर्ण दूध पिइरहेको थिएन ।

त्यस समयमा मसँग १५० मिलीलिटरका तीन प्याकेटहरू भर्न मिल्ने दुध आउँथ्यो । म यो दुध प्रयोग गर्न चाहान्छु । मेरो घरका फ्रिजर अझै पनि दुधले भरिएको छ । मैले इन्टरनेटमा पढे कि आमाको दुध तीनदेखि चार महिनासम्म फ्रिजरमा राख्न सकिन्छ ।’

उनले इन्टरनेटमा यो जानकारी खोजी गर्न जतिबेला थालिन त्यतिबेला उनीसँग प्रसस्त दुध थियो । उनीहरूले थाहा पाए कि अमेरिकामा दुध दान गर्न मिल्छ । त्यसपछि उनले आफ्ना वरपर दुध दान केन्द्रहरू खोज्न थालेकी हुन् । यस समयमा उनले स्त्री रोग विशेषज्ञबाट मुम्बईको एउटा अस्पतालबारे जानकारी प्राप्त गरिन्, जसले दुध बैंक चलाउँदै आएको छ ।

यसबीच भारतमा लकडाउन सुरु भयो । यस वर्षको मेदेखि निधिले ४२ लिटर दुध दान सूर्य अस्पतालको नवजात गहन हेरचाह केन्द्रलाई गरेकी छिन् । अस्पतालमा ६५ सक्रिय बेड छन् । धेरै समयपूर्व बच्चाहरूलाई यहाँ भर्ना गरिन्छ र तिनीहरूको तौल पनि धेरै कम छ ।

निधिले कसरी गरी रहेछन् भनेर अस्पतालको भ्रमण गरिरहेको जानकारी दिइन् । त्यहाँ तिनीहरूले ६० जना बच्चाहरूलाई देखेकी थिइन् । जसलाई आमाको दुध चाहिन्छ । यस पछि उनले ति बच्चाहरुलाई दुध दान दिन यथासक्य प्रयास गर्ने गरेकी छिन् ।

तपाईंलाई जानकारी गराउँ कि निधि फिल्म ‘सांड की आंख’ को निर्माता बनेकी थिइन् । अहिले दुध दान गर्नका लागि नै पोसिलो खाना खाइरहेकी छिन् । दुधको मात्रा बढाउन जोड गरिरहेकी छिन् ।

एक आमाको सम्मानित कामको सम्मान स्वरुप सेयर गर्नुहोस् । सहरमा हुनुहुन्छ तपाईको नजिक दुध बैकहरु खुलेका छन् भने तपाईपनि दान गर्नुहोस् । तपाईको दुधले कुनै बच्चाको जीवन बाँच्नेछ । यो पवित्र कार्यतर्फ तपाई हामीले किन नसोच्ने ?

सम्बन्धित खबरहरु