काठमाडौं । एक महिला पाइलटले सामाजिक सञ्जालमा एक हास्यास्पद घटना साझा गरेकी छिन्, जुन धेरै मन पराइएको छ । महिला पाइलट हाना खान १५ नोभेम्बरमा दिल्ली–गया–दिल्ली उडानबीच ड्युटीमा थिइन । एक जेष्ठ महिला पनि त्यस विमानमा यात्रा गरिरहेकी थिईन् ।

 

उनले विमानको ककपिट हेर्ने इच्छा व्यक्त गरिन् । जब वृद्ध महिला ककपिटमा पुगिन्, उनले त्यहाँ एक महिला पाइलट बसिरहेको देखिन् । त्यसपछि ति वृद्धाले दिएको प्रतिक्रियाले सबैलाई चकित बनाएको हो । जसबारे थाहाँ पाउँदा तपाई पनि हाँस्नुहुनेछ ।

 

 

पाइलटको सिटमा महिलालाई देखेर ती वृद्ध महिलाले तुरुन्त हरियाणवी स्वरमा भनिन्, ‘ ओ ए यहाँ तो छोरी बैठी है’ अर्थात ओहो यहाँ त छोरी बसिरहेकी छिन । यो सुनेर त्यहाँ उपस्थित सबै जना हाँस्न थाले ।

 

ति वृद्ध महिलाले जसरी प्रतिक्रिया जनाइन त्यसलाई सुनेर सबैजना हाँस्न थालेका हुन् । यो ट्वीट हनाले १५ नोभेम्बरमा गरेकी थिइन् । अहिलेसम्म १६ हजार भन्दा बढी लाइक र एक हजार दुई सय भन्दा बढी रिट्वीट भइसकेको छ ।

 

https://twitter.com/girlpilot_/status/1328031271759400960

 

 

सम्बन्धित खबरहरु