काठमाडौ । राजनीतिक दलहरुले जनताको मन दुख्ने हर्कत गरिरहँदा ‘राजा आउ देश बचाउ’ का नारा घन्किन थालेका छन् । राजतन्त्र तथा हिन्दु राष्ट्रको माग गर्दै हज्जारौ युवाहरु सडकमा उत्रिन थालेका छन् । कैलालीमा आज त्यस्तै दृष्य देखिएको छ । बिहिबार संवैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्रको पुनःबाहालीको माग गर्दै कैलालीको धनगढीमा प्रदर्शन भएको हो।

 

धनगढीबाट निस्केको मोटरसाइकल र्याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमले जनाएको छ। स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा भएको उक्त प्रदर्शनमा सयौं युवा तथा समर्थकको सहभागि भएका थिए भने उनीहरुले ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए।

 

प्रदर्शनमा सहभागीहरुले संवैधानिक राजतन्त्रको स्थापनाको मागको अलावा हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजीको माग समेत गरेका थिए।

 

गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको कार्यक्रमका संयोजक रविन्द्र कार्कीले बताए।

 

राजतन्त्र तथा हिन्दु राष्ट्रको समर्थनमा यस अगाडी बुटवलमा समेत प्रदर्शन भएको थियो। त्यसक्रममा पनि सयौं युवा तथा समर्थक मोटरसाइकल (यालीमा सहभागी भएका थिए।

सम्बन्धित खबरहरु