काठमाडौं । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा जीवन त्याग गरेका अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कनुभएका उहाँलाई साढे १० बजे मृत भेटिएको जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु