काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका परीक्षाका लागि नयाँ परीक्षा तालिका (रुटीन) र नतिजा लगातार प्रकाशन गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौले स्नातकोत्तर तह चौथो समेष्टर र स्नातक तह प्रथम, छैठौ र आठौँ समेष्टरको यस अघि नै परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशन गरेको थियो । तोकिएको मितिमा विद्यार्थीले फारम भरिनसकेको सूचनापछि त्रिविले फेरी म्याद थप सम्बन्धि सूचना प्रकाशित गरेको छ ।

प्रकाशित सबै सूचना तल अपलोड गरिएको छ । परीक्षा फारम नै भर्न छुटेको खण्डमा विद्यार्थीहरुको परीक्षा छुट्ने भएकाले सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला । आफुले हेरिसकेपछि अरुको सहयोगका लागि सेयर गर्न नभुल्नुहोला । –त्रिवि

सम्बन्धित खबरहरु