काठमाडौ । प्रहरीले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहारको मुद्दा चलाएको छ। भक्तपुर नगरपालिका–१ स्थित सडकमा गत मंगलबार बाटोमा हिँड्दै गरेकी निकिशामाथि सफिल खत्रीलगायतले दुर्व्यवहार गरेका थिए।

 

सफिल खत्रीसहित अन्य दुई जना किशोरलाई महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले बिहीबार पक्राउ गरेको थियो। उनीहरूले दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो। उनीहरूले निकिशामाथि लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी दिएका थिए।

 

पीडित निकिशाले अभद्र व्यवहारमा किटानी जाहेरी दिएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। उनीहरूमाथि थप अनुसन्धान गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सात दिनको म्याद थप समेत गरेको उनले बताए। ‘हिजोदेखि लागू हुनेगरी आज म्याद थप गरेका छौं,’ उनले भने। उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

 

 

सम्बन्धित खबरहरु