काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व नै त्रासमा छ । विश्व नै थलिएको अवस्थामा खुशीको खबर आएको छ । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमति दिने तयारी भएको छ ।

 

अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) मा आवदेन दिइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालबाट अब खोप केही दिनमा नै भन्दै दिएको जनाकारीले पनि यो खोपले आज भोलि नै अनुमति पाउने देखिन्छ ।

 

यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशत भन्दा माथी प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो । यद्यपि अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न बाँकी नै छ ।

 

उसले यसको परीक्षण गरेर चाँडै खोपको अनुमति दिने अपेक्षा गरिएको छ । फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो ।

 

 

सम्बन्धित खबरहरु