काठमाडौँ । कपडाले व्यक्तित्वको परिचय दिन्छ। कपडा मिलाएर लगाएको खण्डमा मानिसलाई आकर्षक पनि देखिन्छ। तर नयाँ कपडा लगाउँदा भने हामीले निकै होश पुर्याउन जरुरी रहेको ज्योतिष शास्त्रमा उल्लेख छ।

ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाको प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ । जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ।

तपाईले यदी नयाँ लुगा लगाउँदा फाइदा हुने दिन लगाउनु भयो भने तपाईको कपडाको टिकाउ राम्रो हुन्छ भने तपाईंको दैनिकी र व्यक्तित्वमा समेत सकारात्मक असर पर्छ । हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न ।

  • आइतबार – नयाँ लुगा लगाए चाँडो फाट्छ ।
  • सोमबार – नयाँ लुगा लगाए अग्नि भय हुन्छ ।
  • मंगलबार – नयाँ लुगा चाँडो पोलिन्छ ।
  • शनिबार – नयाँ लुगा लगाए तेजहीन हुन्छ ।
  • बुधबार – नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ ।
  • बिहीबार – नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ ।
  • शुक्रबार – नयाँ लुगा लगाए मित्र भेट हुन्छ ।

सम्बन्धित खबरहरु