काठमाडौ । राम्रो फोटोग्राफरको हातमा क्यामेरा परेको खण्डमा तस्विरमा कमाल नै गर्न सक्छन् भन्ने यी १८ तस्विरले देखाउँछ । बस्तु वा मानिस राम्रो होस् या नराम्रो कुशल फोटोग्राफरको हातका तस्विर जो कोहीले वाउ भन्ने नै छ । यी तस्विरमा हेर्नुहोस् ।

 

हरेक मानिससँग केही न केही क्षमता हुन्छ। कसैमा नृत्य गर्ने कला हुन्छ त कसैमा तस्बिर खिच्ने। अर्थात्, हरेक मानिसमा अलग–अलग किसिमका कला र क्षमता हुन्छन्। तर, कयौं पटक मानिसका यिनै कला पनि ‘पागलपन’को रुप लिन सक्छन्।

 

फोटोग्राफी ‘डिजिटल’ नहुँदासम्म अर्थात् सन् १९९० को दशकपूर्व यो रसायन, फिल्म माध्यम र प्रकाशको विधा थियो । डिजिटल क्यामेरा र स्मार्ट फोनको जमानामा फ्रेमिङमा मात्र ध्यान दिएर ‘पोइन्ट एण्ड शूट्’ गरे पुग्छ । तर, बेला यस्तो पनि थियो, ‘एपर्चर’, ‘एफ् स्टप’, ‘शटर स्पीड’ बुझ्नुपर्ने । लेन्स छेक्ने प्वाल कति ठूलो या सानो पार्ने सोच्नुपर्‍यो, ‘डेप्ट् अफ फील्ड’ घटाउन वा बढाउनका लागि । जति सानो प्वाल गर्‍यो त्यति नै नजिक र टाढाका दुवै ‘फोकस्’ हुने । उज्यालोको मात्रा हेरेर पनि ‘एफ् स्टप’ निर्धारण गर्नुपर्थ्याे ।

 

नेपालीको हकमा क्यामेरा पहिले दरबारमा पस्यो, त्यसैले राणाहरूको रहनसहन र पोर्टेचरले अग्रस्थान पायो । मदन पुरस्कार पुस्तकालयमा रहेका एल्बम्हरूमा राणाहरूको भेषभुषा, मुहार, गृहस्थी केही दशकभित्रै ठेट ‘पहाडिया’ बाट ‘युरोपियन’ हुँदै गएको आभास पाइन्छ । विस्तारै फोटोग्राफी नेवार र खस क्षेत्री–बाहुन भारदारको घर छिर्‍यो । आज हरेकका हातहातमा भएका मोबाइलबाट नै गज्जबका फोटोहरु लिन सकिन्छ ।

 

फ्रान्सका वैज्ञानिक लुइस जेकस र मेंडे डाग्यूरोले १९३९ मा फोटोको तत्व नखोजिदिएको भए । फ्रान्सकै अर्गोले रिपोर्ट तयार नगरिदिएको भए । १८२६ मा नाइसफरले हेलियोग्राफीको माध्यमबाट ज्ञात स्थायी फोटो कैद नगरेको भए ।

 

१८३४ मा देल बटले लाइट सेंसेटिव पेपरको आविष्कार नगरेको भए । १८३९ मा वैज्ञानिक जन अफ डब्लु हश्रेल ले पहिलो पटक फोटोग्राफी शब्द प्रयोगमा नल्याइदिएको भए । जर्ज इस्टमेनले कोडाकबारे नसोचिदिएको भए । क्यामेरा, फोटो, फोटो ग्राफी र फोटोग्राफर शब्दहरु यति छिट्टै फेमिलियर हुदैन्थ्यो होला ।

 

फोटोग्राफीले आजको दिनसम्म आफूलाई करिब २०० वर्षको इतिहास बनाएको छ । जसको परिस्कृत यात्राले आजको विश्वलाई हरेकको भित्ता, मोबाइल, हार्ड डिस्क, मेमोरी चिप्स लगायतका मेमेरी डिभाइसहरुमा कैद गरेको छ ।

 

दूरदृष्टि भएका व्यक्तिहरुको अध्ययन, आविष्कार स्वरुप आज विश्वका मानिसहरुले आफ्ना वर्तमान पलहरु भविष्यमा नियाल्नका लागि सजाउन पाएका छन् ।

 

फोटोग्राफर डेस्टिन स्पार्कसले भनेजस्तै ‘फोटोग्राफी एउटा कथा हो, जसलाई शब्दमा उतार्न मुस्किल पर्छ ।’ रचनात्मकता र कल्पनाशीलताले यसलाई अझ सशक्त बनाइरहेको छ ।

 

सम्बन्धित खबरहरु