काठमाडौ । बैतडीको पुर्चौंडी नगरपालिका–६ स्थित खानेपानीको मुहानमा ११ ओटा मृत गाई फेला परेपछि प्रहरीले आज एक जनालाई नियन्त्रणमा लिएको छ । पुर्चौंडी नगरपालिका–५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक चन्द्र गिरीले जानकारी दिनुभयो ।

यस्तै सोही कार्यमा सलंग्न रहेको आशंका गरिएका पुर्चौंडी–५ का सुरेश पार्की भने फरार रहेका र प्रहरीले खोजी गरिरहेको गिरीले जानकारी दिनुभयो । पक्राउ परेका पार्कीमाथि कानून अनुसार अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान बढाउने प्रहरीले तयारी गरेको छ ।

पाटन नगरपालिकाबाट प्रतिगाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेको बयानमा आएको छ । नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि दुवै जनालाई प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाई जिम्मा लगाएको थियो ।

गाई जिम्मा लिएर लगेका ती दुवैले गाईलाई भीरबाट खसालेपछि गाई लडेर पानीको मुहानमा पुगेका थिए । आज पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका जनप्रतिनिधिबीच छलफल गरी पाटन नगरपालिकाले ती गाईको व्यवस्थापन गर्ने भएको छ ।

पानीको मुहानमा ११ ओटा गाई मृत फेला परेपछि पुर्चौंडी नगरपालिका–६ मुडेलीका ८० घर र एक विद्यालयमा खानेपानी समस्या भएको भएको नगर उपप्रमुख जानकी ऐर बमले बताउनुभयो । गोप्य स्रोतका अनुसार नगरपालिकाका जनप्रतिनिधिले छाडा गाई जिम्मा लगाएर कसैले नदेख्नेगरी व्यबस्थापन गर्न भनिएको पक्राउ परेकाबाट बयान आएको छ ।

उनीहरुले खर्कसम्म लगेर त्यहाँ व्यबस्थापन गर्ने योजना थियो । त्यो कुरा थाहा पाएपछि माथी खर्कवालाहरुले रोक्ने देखियो । त्योपछि उनीहरुले त्यही भीर रहेको माथी ठूला भीर नरहेकाले त्यही व्यबस्थापन गरेको बयान दिएका छन् ।

पक्राउ परेका पार्कीले आफुले नगरपालिकाले अह्राएको काम गरेको दावी गरेका छन् । लक्ष्मण पार्कीको बयानले प्रहरी नै चकित बनेको छ । अनुशन्धान कहाँबा थाल्ने भन्नेमा अन्यौलमा परेको छ ।

सम्बन्धित खबरहरु