काठमाडौ । विश्वका धेरै देशहरुमा सुन्दर युवतीहरु पाइन्छन् । यो सुचिमा टर्की पनि पर्दछ । टर्कीका युवतीहरु अन्य देशका युवतीहरु भन्दा अधिक सुन्दर हुन्छन् । टर्कीको प्रसिद्ध नाटक ‘एर्टुग्रुल’ मा हालीमा सुल्तानको भूमिका निभाएकी अभिनेत्री एश्रा बिल्जिक सामाजिक सञ्जालमा निकै नै चर्चित छिन् ।

 

आफ्नो कामका कारण उनले टर्की मात्रै नभई विश्वभर धेरैको मन जित्न सफल भएकी छिन् । एश्रा बिल्जिक उनको अभिनयसँगै स्टाइलिस शैलीलाई लिएर पनि चर्चामा रहने गर्छिन् ।

 

हालसालै, उनका तस्बिरहरू सामाजिक सञ्जाल इन्टाग्राममा धेरै भाइरल भइरहेका छन्, जसमा उनको हेराई साँच्चिकै अद्भुत देखिन्छ । एश्रा बिल्जिकले यी तस्विर उनको इन्स्टाग्राममा साझा गरिन्, जसमा फ्यानहरूले पनि धेरै सुन्दर–सुन्दर टिप्पणी गरिरहेका छन् ।

फोटोमा कालो ज्याकेट लगाएकी एश्रा बिल्जिक सामान्य मेकअपमा देखिएकी छिन । तपाईंलाईं जानकारी गराउ कि यो पहिलो पटक होइन जब एश्रा बिल्जिकले सबैको ध्यान आफ्नो स्टाइलले खिचेको हुन् । यसभन्दा पहिले पनि, एश्रा बिल्जिक आफ्नो तस्विरलाई लिएर धेरै चर्चामा आउने गरेकी थिइन् ।

 

टर्कीको धारावाहिक नाटक ‘एर्टुग्रुल’ मा उनको चरित्र ‘हालीमा सुल्तान’ का रुपमा रहेको छ । उनको अभिनय धेरैले मन पराएका छन् । उसको शैली पनि धेरैले अनुसरण गर्ने गरेका छन् । फ्यानहरूले उनको हालीमा सुल्तानको अभिनयसँगै उनको पोशाक पनि खुब रुचाएका छन् ।

 

भारत, पाकिस्तान र अफगानिस्तान मुस्लिम बाहुल्यता भएका देशहरूमा पनि एर्टुग्रुल नाटक एकदम चर्चामा रहेको छ । उनलाई वास्तविक नामले बोलाउनुको सट्टामा, मानिसहरूले हालीमा सुल्तान भनेर चिन्ने गर्छन । अभिनेत्रीको क्यारियरको बारेमा कुरा गर्दा उनी अन्तिम पटक अदनिस कुत्सल काभगामा देखिएकी थिइन ।

 

यस फिल्ममा पनि, एश्रा बिल्जिक मुख्य भूमिकामा देखिएकी छिन् । अर्कोतिर उनको टेलिभिजन श्रृंखलाको बारेमा कुरा गर्दा यस वर्ष उनी ‘रमो’ मा मुख्य भूमिकामा देखा परेकी थिइन् । खाडी लगायत विश्वका धेरै देशहरुमा एर्टुग्रुल नाटकमाथि प्रतिबन्ध लगाइएको छ ।

 

 

सम्बन्धित खबरहरु