बैतडी । तिहार सकिएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाउने गर्छ । यो बर्ष भने जात्राको चहलपहल कमै छ । कार्तिक शुक्ल पक्ष शुरु भएसंगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जात्राको हुन्छन् ।

 

यसैबिच बैतडीको दोगडाकेदार ३ श्रीकोटमा रहेको भिटाकेदार मन्दिरमा विशेष पुजाआजा हुन्छ । भण्डारघरवाट भण्डार मन्दिरमा लगेसंगै पुजाआजा सुरु हुन्छ । भिटाकेदार मन्दिरमा प्रत्येक बर्षको कात्तिक शुक्लपञ्चमीदेखि शुक्लनवमीसम्म पुजाआजा हुन्छ ।

 

दोगडाकेदार–३ श्रीकोटमा रहेको प्रसिद्ध भिटाकेदार मन्दिरमा दर्शनार्थी टाढादेखि पुग्छन् । उक्त मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि नवमीसम्म पूजाका साथै जात्रा लाग्छ । यहाँ दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास छ । भक्तजनले जे चितायो त्यही पुरा गर्ने भिटाकेदार मन्दिर भनेर चिनिन्छ ।

 

 

सम्बन्धित खबरहरु