काठमाडौ । प्युठान, गौमुखी गाउँपालिका-७ चौतारा बस्ने रमेश पुरीकी ६ वर्षीया छोरी रजिना पुरीको ट्याक्टरले किचेर शुक्रबार दिउँसो मृत्यु भएको छ । रा।१ त ७४७ नम्बरको ट्याक्टरमा सवार रजिनाको झिमरुक गाउँपालिका-८ चैतेबारीमा ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ पैनी टोलमा प्रदेश ३-०२-०१४ प ५२५६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २३ वर्षीय सुदिप खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही, हरिबन नगरपालिका-२ बेलचौतरामा ना।६ त ३०९३ नम्बरको ट्याक्टर शुक्रबार राति बाटोबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४१ वर्षीय कामी सिंह घलानको ट्याक्टरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुली, दुधौली नगरपालिका-५ सिर्थौली नयाँ टोलमा ना।५ त १९५१ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका छपाहा बस्ने ट्याक्टर चालक २१ वर्षीय बियस कुमार दनुवारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हुँदै थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तनहुँ, भानु नगरपालिका-५ पञ्चनगरस्थित डुम्रे चन्द्रावती सडकमा बा।७० प ६९०१ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बाङ्गेरुवा बस्ने राजु सिम्खडाको छोरा ८ वर्षीय आईज्याक सिम्खडाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात पुरानो मेडिकल कलेज भतरपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु