काठमाडौं । द कपिल शर्मा शो की चर्चित कलाकार भारती सिंहलाई हिरासतमा लिइएको छ । भारतको ना’रको’टिस कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग–अलग स्थानमा छापा मारेको हो । उनीहरुको घरबाट केही मात्रामा शंकास्पद औषधि पनि बरामद गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएको छ ।

एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र उनका पति दुबैलाई एनसीबीले गलत पदार्थको सेवन बारे सोधपुछ गर्न हिरासतमा लिएको हो ।

सम्बन्धित खबरहरु