काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विधि विधान र पद्धतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन् । पछिल्लो समय सत्तारुढ नेकपा भित्र नेतृत्वका विषयलाई लिएर भइरहेको विवादकाबीच उनले दिएको यस बयानलाई महत्वपूर्ण रुपमा लिएको छ ।

प्रचण्डका अनुसार पार्टी मुख्यतयः दुई कुराका आधारमा चल्छ पहिलो एउटा विचार–राजनीति, दोस्रो विधि र पद्धति । उनले पार्टी भित्रै यी दुवै कुराहरूको अभाव भएको बताएका छन् । उनले यो धारणा आफ्नो नयाँ बयानको रुपमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् । जसमा अध्याधिक कमेण्ट, सेयर र लाईक आइरहेको छ । नेकपाभित्रको गुट उपगुट यतिसम्म बढ्यो कि आज चितवनमा पूर्व अर्थमन्त्री रहेका नेता सुरेन्द्र पाण्डेको कार्यक्रममा प्रदर्शन गरिएको छ ।

सम्बन्धित खबरहरु