KP_PrachandaMeetingJPG1_20141120083700
काठमाडौ, माघ ५ – जनबोली न्युज डेस्क नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डवीच सोमबार बिहानै नयाँ बानेश्वरमा वार्ता  भएको छ । अन्य दलहरु नेकपा एमाले र एनेकपा माओवादी मिलेको अवस्थामा हामि पनि मिल्न तयार छौ भनेपछि आइतबार भएका सहमतिलाई पूर्णता दिने सन्र्दभमा यी दुई नेताहरुबीच भेटवार्ता भएको स्रोतको दावी छ । आइतबार दिनभरिको प्रयासबाट दलहरु सहमतिको नजिक पुगेपछि सोमबार बिहानै ओली र प्रचण्डवीच अलग्गै छलफल भयोे । सुरक्षा गार्डहरुलाई पनि परै राखेर ओली र प्रचण्ड वीच करिब २ घण्टा छलफल भएको थियो । वार्तामा शासकीय स्वरुप र संघियताका विषयमा कुराकानी भएको जनाइएको छ । यतिबेला सरकारको नेपाली कांग्रेसका सभापति नेतृत्व सुशील कोइरालाले गरे पनि सत्तापक्षको नेताका रुपमा केपी ओली अगाडि सरेका छन् ।

त्यस्तै आदिवासी, जनजाति, मधेसी र सबैखाले माओवादी समूहको साझा नेताका रुपमा प्रचण्ड अगाडि आएका छन् । यही कारणले गर्दा सत्तापक्ष र प्रतिपक्षको दुई ध्रुर्वको प्रतिनिधित्व गर्दै ओली र प्रचण्डले निर्णायक वार्ता गरेका हुन् । वार्तामा माओवादीको पछिल्लो प्रस्तावलाई लिएर संविधान सभामा सहमतिय पद्धतीबाट संविधान जारीको बाटो फुकाउने विषयमा ठोस सहमती गर्ने विषयमा छलफल भएको छ ।

यही सहमती गरौ अन्य दलहरुसँगपनि बसेर संघियताको विषयलाई सिमागत ढंगबाटै टुङ्गो लगाउने भन्ने प्रचण्डको प्रस्तावलाई ओलीले पनि स्वीकार गरेको स्रोतले जनाएको छ ।

सभाध्यक्षको पहलमा निर्णायक वार्ता, आजै व्रेक थ्रु हुने

प्रचण्ड र ओलीले छलफल गरिसकेपछि बिहान ९ बजेदेखि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलकदमीमा चार दलका शीर्ष नेताहरुवीच निर्णायक वार्ता भइरहेको छ । संविधान सभा भवन नयाँ बानेश्वरमा जारी वार्तामा आजै १ बजे बस्ने संविधान सभाको बैठकबाटै सहमतीको घोषणा गर्ने गरि छलफल चलिरहेको जनाइएको छ ।

संघीयता र शासकीय स्वरुपलगायतका विषयमा आइतबार भएका चार पक्षीय एवं दुई पक्षीय छलफलपछि दल्ऽहरु सहमतिको नजिक पुगेका छन् । चलिरहेको छलफलबाट ‘ब्रेक थ्रुं’ हुने सभाध्यक्ष नेम्वाङको हिजैदेखिको दावी छ ।

सम्बन्धित खबरहरु