काठमाडौं । दुनियाँकै मनमा बसेका वरिष्ठ चिकित्सक डा. ध्रुव शर्मा मुडभरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो । संक्रमणपछि ओम अस्पतालमा उपचारका क्रममा आज डा. शर्माको मृत्यु भएको थियो । ओम अस्पतालका सञ्चालक समेत रहेका डा. शर्मा नेपालका वरिष्ठ सर्जन थिए ।

सम्बन्धित खबरहरु