काठमाडौं । गाईका खुट्टा सामान्ययाः चार वटा मात्रै हुन्छन् । तर हालै चीनमा एक पाँच खुट्टा भएको गाई फेला परेको छ । गाउँमा यस्तो गाई जन्मेपछि चिनियाँ गाउँका बासिन्दाहरूलाई चकित भएका छन् । असाधारण भिडियो फुटेजमा ‘मौन्ट’ गाईलाई देख्न सकिन्छ ।

 

यो गाई अहिले नभई आठ महिना पहिले जन्मेको थियो । चीनको शानक्सी प्रान्तका एक किसानको घरमा यो गाई रहेको छ । गाईको पछाडि अतिरिक्त खुट्टा रहेको छ । गाईको मालिक, झाओले बताए कि उत्परिवर्तनशील जनावरको जन्मलाई उनीहरु अशुभ ठान्थे, पछि उनी दुःखी पनि भएका थिए ।

यो खबर मंगलबार शानक्सी टिभी स्टेशनको एक कार्यक्रम, शानक्सी अर्बन एक्सप्रेस द्वारा रिपोर्ट गरिएको हो । रिपोर्टमा जब यो स्यानयुआनको काउन्टीमा जन्मिएको थियो तब यसको तौल १० किलोग्राम थियो । मालिक झाओको सावधानीपूर्वक हेरचाहले गर्दा अहिले यसको तौल १०० किलोग्राम पुगेको छ ।

 

गाई मालिक झाओले पत्रकारलाई भने, ‘गाईको पाँचौं खुट्टा अन्य अङ्गसँगै बढेको छ र छुँदा पनि यताउता सर्न सक्दछ ।’ उनले यस्तो गाई जन्मेपछि आफु चिन्तित भएको बताएका छन् । उनका धेरै छिमेकीहरूले उनको गाईको बारेमा सुनेर अशुभ हुने बताएका थिए । उनीहरुले अशुभ हुन्छ भनेर उनको घर र गोठ नै बहिस्कार गरे ।

त्यो देखेर उनी एकदमै चिन्तित थिए । स्थानीय पशुपालन विशेषज्ञ लियू बेइजानले गाउँलेलाई नडराउन आग्रह गरेका छन् । उनले गाईलाई पोल्मिलिया नामको रोग रहेको बताएका छन् । पोल्मिलिया, अर्को शब्दमा, अतिरिक्त अंगहरू अर्थात एक अत्यन्त असामान्य डिसअर्डर हो ।

 

सन् २००२ को एक अध्ययनले अनुमान लगाएको छ कि संसारभरि जन्मने प्रत्येक १००,००० गाईवस्तुमध्ये चार भन्दा थोरैलाई अतिरिक्त अङ्ग हुने समस्या हुन्छ । यो कुरा थाहा भएपछि अहिले गाउँलेको सोचमा परिवर्तन आएको छ । उनीहरुले गाई धनीलाई चिमेकी स्वीकार गरेका छन् ।

 

 

सम्बन्धित खबरहरु