काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको जानकारी दिनुभयो । नेपालमा हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।

आज नेपालभर ५ हजार ६९९ जना निको भएका छन् । यो सँगै निको हुनेहरुको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । आज थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकहरुको संख्या १ हजार ३२१ पुगेको छ ।

सम्बन्धित खबरहरु