काठमाडौं । बढ्दो राजनीतिक तनावबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट बढाउनु भएको छ । प्रधानमन्त्री ओली सोमबार (भोलि) उपत्यका बाहिर जान लाग्नु भएको छ । प्रधानमन्त्री ओली पूर्वी नेपालका ताप्लेजुङ र इलाम भ्रमणमा जान लाग्नु भएको हो ।

 

सोमबार बिहान ८ बजे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको छ । ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जाने कार्यक्रम तय भएको छ । इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने जनाइएको छ । इलामको सन्दकपुरमा बीओपी निर्माण गरिएको छ ।

 

यो भन्दा पहिले कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गर्नुभएको थियो । ओलीले बीओपीको निरीक्षण पनि गर्नुभएको थियो । प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा जान लाग्नु भएको छ ।

सम्बन्धित खबरहरु