काठमाडौं । दुबईका शासक मोहम्मद बिन राशिद अल मकतूमकी राजकुमारी पत्नीको उनका अंगरक्षकसँग सम्बन्ध भएको खुल्न आएको छ । राजकुमारी हाया बिन्त हुसेनले अंगरक्षकलाई उनीहरूको सम्बन्धबारे चुप लाग्न करिब २० करोड रूपैयाँ पनि दिएको खुलासा भएको छ ।

 

डेली मेलले यो दावी बेलायती अदालतमा भएको सुनुवाईको आधारमा गरेको छ । दुबईका शासकले राजकुमारी हायालाई २०१९ फेब्रुअरीमा शरिया कानून अन्तर्गत सूचित नगरी तलाक (सम्बन्धविच्छेद) गरेका थिए ।

 

उनी कुनै सूचना बिना नै बेलायत भागेर सम्बन्ध विच्छेद भएकी छिन् । त्यहाँ आफ्नो सुरक्षाका लागि राजकुमारीले मुद्धा दिएका थिए । त्यो मुद्धाको सुनुवाईका क्रममा यस्तो खुलासा भएको हो ।

 

रिपोर्टका अनुसार राजकुमारी हायाको अंगरक्षक विवाहित व्यक्ति हुन् । तर अफेयरको कारण, अंगरक्षकको सम्बन्धविच्छेद भयो । राजकुमारी हाया दुबई छोडेर धेरै वर्षदेखि बेलायतमा बसिरहेकी छिन् ।

 

राजकुमारी हायाले बच्चाको संरक्षणको लागि युकेको अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले हायाको पक्षमा फैसला दिएको छ । राजकुमारी हाया आफ्नो अंगरक्षकलाई धेरै महँगो उपहार दिन्थिन् ।

 

जानकारी अनुसार झण्डै २० लाख रुपैयाँको घडी र ८० लाखका अन्य चीजहरू उपहारमा दिने गरेकी थिइन् । राजकुमारी हाया दुबई शासक शेख मोहम्मद बिन रशीद अल मकतूमकी छैठी र कान्छी पत्नी थिइन् । अंगरक्षकसँग उनको सम्बन्ध २०१६ मा शुरू भयो ।

 

त्यसपछि मात्र ति अंगरक्षकले पूर्ण रूपमा राजकुमारी हायाको लागि काम गर्न थालेका थिए । उक्त रिपोर्टका अनुसार ४६ बर्षे राजकुमारी हायाको बेलायतका ३७ बर्षीय अंगरक्षक रसल फ्लावरसँग करीव २ बर्षसम्म चक्कर चलेको थियो ।

 

भनिन्छ कि राजकुमारी हायाले रसलसँगको सम्बन्धमा चुप लाग्न तीन अन्य अंगरक्षकहरूलाई पनि करोडौं रूपैयाँ दिएकी थिइन् । राजकुमारी हाया २०१८ मा दुबईबाट भागिन् र उनी अहिले लन्डनमा बस्छिन् । उनी दुई बच्चाकी आमा हुन् ।

 

डेली मेल रिपोर्टका अनुसार जब अंगरक्षक रसल फ्लावरलाई सम्पर्क गरियो, उनले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । अर्कोतिर राजकुमारी हाया पनि रसलको साथ उनको सम्बन्ध संग सम्बन्धित केही दाबीहरु अस्वीकार गर्दै आएकी छिन् । तर यो कुरा अदालतको सुनुवाईका क्रममा समेत उठेको स्रोतको दावी छ ।

 

 

सम्बन्धित खबरहरु