काठमाडौं । बलिउड क्वीन उर्वशी रौतेला विशाल मिश्रासँग आउँदो प्रोजेक्टको साथ फेरि तयार भएकी छिन् । भर्खरै, अभिनेत्रीले सामाजिक सञ्जालमा आगामी संगीत भिडियोको लागि एक पोष्ट साझा गरिन् । पोष्टपछि प्रशंसकहरूले उनको मोबाइल नम्बर सोध्न थालेका छन् । अहिले बिभिन्न टिप्पणी गर्न सुरु गरिएको छ ।

 

तपाईंलाईं जानकारी गराउ कि उर्वशी रौतेला रेट्रो भिन्टेज मिक्स सन्ग ‘वो ​​चन्द कौन से लाओगी’ मा देखा पर्न लागेकी छिन् । यस गीतमा उर्वशी रौतेला र मोहसिन खान देखा पर्नेछन् ।

 

उर्वशी रौतेलाले यो गीत उनको मुटुको निकट भएको बताएकी छिन् । यस भिडियोमा अभिनेत्री बन्न मुम्बई पुग्ने सानो शहरकी युवतीको कथा देखाइएको छ । यस गीतलाई अभिनयको रूपमा स्टारडमसम्म पुग्न सामना गर्नुपर्ने एक किसिमको संघर्षमा चित्रण गरिएको छ ।

 

यस पोष्टको साथ उर्वशी रौतेलाले आफ्नो पूरा नाम, मोबाइल नम्बर, उचाई र सेतो बोर्डमा धेरै चीजहरू लेखेर फ्यानहरूसँग साझेदारी गरेकी छिन् । पोष्ट भाइरल भएलगत्तै प्रशंसकहरूले उर्वशीलाई उनको मोबाइल नम्बरको अन्तिम दुई अंकहरू सोध्न थालेका हुन् ।

 

प्रशंसकहरू उर्वशीको मोबाइल नम्बर खोज्न कोशिस गर्दैछन् । तिनीहरूलाई सम्पर्क नम्बर खुलाउन पनि अनुरोध गरिएको छ । निर्माण पक्षका अनुसार गीतको पहिलो लुक चाँडै प्रशंसकको लागि रिलीज हुनेछ ।

 

 

सम्बन्धित खबरहरु