चितवन । खैरहनी नगरपालिका-११ पित्रहनी बस्ने ३० वर्षीया सीमा दराई आफ्नै घरमा रहेको गोबर ग्याँसको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको छ । उक्त ग्याँसको खाल्डोमा डुबेर गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यस्तै प्युठान नगरपालिका-४ रप्ते पोखरी भन्ने स्थानको भिरबाट लडेर सोही नगरपालिका-२ क्वाडी बस्ने २० वर्षीय राहुल घर्तीको शनिबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-४ झुलेनिबाट घरतर्फ फर्कने क्रममा भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यसैगरी रामेछाप, मन्थली नगरपालिका-७ भटौलीस्थित रण बहादुर रम्तेलको घरमा शनिबार दिउँसो आगलागी हुँदा आगलागीमा परी उनकै ५ वर्षीय नाती सुजन रम्तेलको घटनास्थलमै मृत्यु भएको छ ।

 

 

साथै आगलागीबाट घर पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । नुवाकोट, शिवपुरी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोकबहादुर बुढाथोकीको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

रौतहट, बौधीमाई नगरपालिका-४ ईनारबारी बस्ने मोहन जैसवाल सहित ५ जनाको घरमा आइतबार बिहान आगलागी हुँदा आगलागीबाट ५ जनाको घर तथा गोठहरू समेत जलेर करिब १३ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु