नेपाल काठमाडौं । पछिल्लो समय भारतमा ‘अखण्ड भारत’लाई लिएर आवाज उठ्न थालेको छ । सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुले नै अखण्ड भारतलाई ब्युताउनु पर्ने बताउँदै आएका छन् ।

उनीहरुले पाकिस्तान र बङ्गलादेशलाई भारतमा मिसाउनुपर्ने र हिन्दू साम्राज्य बनाउनुपर्ने आवाज उठाउन थालेका हुन् । भारतीय जनता पार्टीका नेता एवम् महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले पनि यस विषयमा आवाज बुलन्द गरेका छन् ।

यसैबीच महाराष्ट्र सरकारमा मन्त्री पनि रहेको राष्ट्रवादी कांग्रेस पार्टीका नेता नवाब मलिकले पनि अखण्ड भारत का पक्षमा आफूहरु रहेको उल्लेख गरेका छन् । देवेन्द्र फडणवीसले भनेका छन, ‘हामी ‘अखण्ड भारत’ मा विश्वास गर्दछौं ।

हामी यो पनि विश्वास गर्दछौं कि कराची (पाकिस्तान) एक दिन भारतको एक हिस्सा हुनेछ । महाराष्ट्रका पूर्व मुख्यमन्त्री एवं भाजपा नेता देवेन्द्र फडणवीसले यो प्रतिकृया एक शिव सेना नेताले कथित रूपमा बान्द्रामा रहेको कराची मिठाई पसलका मालिकलाई कराची भन्ने शब्दबाट नाम हटाउन दबाब दिएपछि आएको हो ।

राष्ट्रवादी कांग्रेस पार्टीका नेता मलिकले आइतबार पाकिस्तान र बंगलादेशलाई भारतमा मिलाउने भन्ने भारतीय जनता पार्टीको कदम स्वागतयोग्य भएको पनि उनले स्पष्ट पारेका छन् । उनले देवेन्द्र फडणवीसले कराची भारतको एक हिस्सा हुनेछ भन्ने बयान दिएपछि त्यसको समर्थनमा त्यस्तो बयान जारी गरेका हुन् । कराची मात्रै नभई आफुहरु भारतमा पाकिस्तान, बंगलादेशलाई गाभ्नु पर्छ भन्ने पक्षमा रहेको उनले बयान दिएका हुन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नवाब मलिकले भने, ‘यदि बर्लिनको पर्खाल भत्काउन सकिन्छ भने किन भारत, पाकिस्तान र बंगलादेश एकसाथ आउन सक्दैनन् । यदि भाजपाले यी तीन देशहरूलाई एकमा मिलाउन चाहन्छ भने हामी त्यसलाई अवश्य स्वागत गर्दछौं ।’ नवाब मलिकले देवेन्द्र फडणवीसको भनाइको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

नवाब मलिकले भने, ‘एनसीपी, बीएमसीले शिवसेना र कांग्रेससँगै चुनाव लड्नेछ । बीएमसी चुनावमा अझै १५ महिना बाँकी छ, हरेक पार्टीलाई आफ्नो लागि काम गर्ने अधिकार छ, र यसले पनि गरिरहेको छ । हामी हाम्रो पार्टीलाई सुदृढ गर्दैछौं । हामी त्यस्तो व्यक्ति चाहन्छौं जसले तीन पार्टीहरूको सरकार चलाइरहेका हुन्छन् । सँगै प्रतिस्पर्धा गर्नु पर्छ ।’

महाराष्ट्र सरकारका मन्त्रीका रुपमा नवाब मलिकले राज्यमा लकडाउनको सम्भावनालाई अस्वीकार गरेका छन् । अहिलेको समयमा राज्यमा लकडाउनको आवश्यक छैन । उनले भने, ‘केहि राज्यहरुमा संक्रमण बढ्दो छ, त्यसैले त्यहाँ प्रतिबन्ध लगाइन्छ । हाम्रो स्वास्थ्य सचिवालय कोरोना को दोस्रो लहर को लागी आफ्नो तयारीहरु कडा राख्न प्रत्येक जिल्ला मा सल्लाहहरु पठाउँदै छ ।’

तपाईलाई यो जानेर अनौठो लाग्न सक्छ कि नेपाल पनि कुनैबेला अखण्ड भारतको भाग थियो भनेर भारतमा पढाउने गरिन्छ । अखण्ड भारत, भारतको प्राचीन कालको अविभाजित रूप हो ।

तेस्रो शताब्दीतिर पुरातन समयमा भारत एकदमै फराकिलो थियो जसमा अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, बर्मा, थाइल्याण्ड, नेपालसहितका देशहरु भएको कुरा भारतमा चर्चा गर्ने गरिएको छ । तर अहिले चर्चा पाकिस्तान र बंगलादेशको मात्रै भइरहेको छ । कुनैबेला अखण्ड भारतको हिस्सा भएका भनिएका देशहरु भनेर त्यहाँका विद्यालयका कोर्षमा राखेको भेटिन्छ । तर नेपाल इतिहासदेखि अहिलेसम्म अखण्ड रहेको नेपालीहरुको दावी छ ।

  • अफगानिस्तान
  • पाकिस्तान
  • भारत
  • नेपाल
  • म्यानमार
  • बर्मा
  • तिब्बत
  • भुटान
  • बंगलादेश

सम्बन्धित खबरहरु