८ मङ्सिर ९रासस÷एएनआई० ः पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग ९नवाज० ९पिएमएलएन० ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उहाँ हाल ९० वर्षको हुनुहुन्थ्यो । उहाँ केही समययता देखि विरामी हुनुहुन्थ्यो र लन्डनको एक अस्पतालमा उपचार गराइरहनुभएको थियो । सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको लाश केही दिनमा उहाँको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत हुनुहुन्छ । उहाँलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उहाँ पनि लन्डनमै उपचाररत रहनुभएको बताइएको छ । छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन जानुभएको थियो ।

उहाँलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन जानुभएको थियो । उहाँ लन्डनमा पुगेपछि विरामी पर्नु भएको र उपचार गराइरहनुभएको समाचारमा जनाइएको थियो ।

सम्बन्धित खबरहरु