AB-de-Villiers

४ माघ, काठमाडौं । दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डि भिलियर्सले एक दिवसीय अन्तर्राष्ट्रिय त्रिकेटमा इतिहासमा सबैभन्दा कम बलमा शतकको किर्तिमान बनाएका छन् । दक्षिण अप्रिकाको घरेलु मैदान जोहानेसबर्गमा भएको खेलमा पाहुना टोली वेष्ट ईण्डिजले टस जितेर पहिलो ब्याटिङको लागि निम्ताएकोे थियो । डि भिलियर्सले मात्र ३१ बलमा शतकको किर्तिमान बनाएका हुन् ।

यो भन्दा अगाडि न्युजिल्याण्डका कोरे एण्डरसनले ३६ बलमा शतक बनाएका थिए । अन्तिम ओभरमा आउट भएका डि भिलियर्सले ४४ बलमा १४९ रन बनाएका थिए । डि भिलियर्सको आक्रामक ब्याटिङका कारण ओपनरद्वय हासिम अमला र रिलि रोसोउको शतक छायामा परेको थियो । अमलाले खेल जीवनकै उत्कृष्ट अविजित १५३ रन बनाएका थिए ।

पहिलो विकेटको लागि रोसोउसँग २ सय ४७ रनको किर्तिमानी साझेदारी गरेका थिए । १२८ रन बनाएका रोसोउको विकेट खसेपछि मोर्चा सम्हाल्न आएका डि भिलियर्सले १६ बलमा अर्ध शतक पुरा गरेका थिए । १६ छक्का प्रहार गरेका डि भिलियर्स एकै इनिङमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी हुन् । उनले मात्र ४४ बलमा नौं चौका र १६ छक्काको मदतमा १४९ रन बनाएका हुन् । एउटै इनिङमा तीन खेलाडीले शतक बनाएको यो पहिलो खेल हो ।

दक्षिण अफ्रिकाले यस अघिको उच्च योगफललाई समेत पछि पारेको छ । सन् २००६ मा टोलीले अष्ट्रेलिया विरुद्ध ४ सय ३८ रनबनाएकोे थियो । एकदिवसीयको सबैभन्दा बढी रन बनाउने किर्तिमान श्रीलंकाको नाममा छ । श्रीलंकाले नेदरल्याण्ड्स विरुद्ध ९ विकेटको क्षतिमा ४ सय ४३ रन बनाएको थियो ।

सम्बन्धित खबरहरु