काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले नागरिक साझेदारीका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाइल एप’ सञ्चालनको कामलाई अघि बढाइएको पनि स्मरण गराउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भइरहेको छ, यसले सेवा प्रवाहको काम प्रविधिको माध्यमबाट प्रभावकारी ढङ्गले सञ्चालन गर्न र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न योगदान पु¥याउने छ ।”

मन्त्री गुरुङले विकट क्षेत्रमा रहेका नागरिकलाई सूचना प्रविधिको पहुँचमा पु¥याउनका लागि स्थानीय तहका वडासम्म नै इन्टरनेटको सहज पहुँच पु¥याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नु भयो । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु