काठमाडौ । भारतीय विदेश सचिव हर्षवर्द्धन शृङला दुई दिने औपचारिक भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शृङलाको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले गरेको हो ।

 

नेपाल भ्रमणको सिलसिलामा उहा बिहीबार (मंसिर ११ गते) काठमाडौं आइपुग्ने हुनेछ । “परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

श्रृङलाको नेपाल भ्रमण दुई देशबीच हुने उच्च स्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्रले जनाएको छ । “भ्रमणको पहिलो दिन दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ, जहाँ नेपाल–भारत सहयोगको सबै क्षेत्रमा छलफल हुनेछ,” परराष्ट्रले भनेको छ ।

 

मंसिर ११ गते नै भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने जनाइएको छ । भ्रमणका बेला उहाले कोभिड–१९ सम्बन्धी सहायता नेपाललाई हस्तान्तरण गर्नुहुनेछ । भारतीय विदेश सचिव शृङला शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयले पनि भ्रमणका विषयमा आज नै विज्ञप्ती निकालेर दुई दिने भ्रमणको जानकारी गराएको छ ।

यही वर्षको जनवरीमा भारतीय विदेश मन्त्रालयमा प्रशासनतर्फको नेतृत्व सम्हालेका श्रींगला नेपाल–भारतबीच झन्डै एक वर्षसम्म राजनीतिक र कूटनीतिक तहमा औपचारिक वार्ता हुन नसकेका बेला काठमाडौं आउन लागेका हुन्। विदेश सचिवका रूपमा उनको यो पहिलो नेपाल भ्रमण भए पनि काठमाडौं उनका लागि एकदमै नयाँ भने लाग्ने छैन। किनकी श्रींगला नेपाली मूलकी आमाका सन्तान हुन् भने उनी फरर नेपाली बोल्न सक्छन्।

 

श्रींगलाका बुवाआमा सिक्किमका हुन्। उनीहरू दार्जिलिङमा बस्थे। श्रींगलाकी आमा हरिदेवी बस्नेत हुन्। उनका बुवा टी छिरिङ्ला वैदेशिक व्यापार केन्द्रमा प्रमुख उपनियन्त्रक थिए। उनीहरू घरमा नेपाली बोल्थे। श्रींगलाको जन्म भने मुम्बईमा भएको थियो। जागिरका शिलशिलामा उनका बुवा विभिन्न ठाउँमा गइरहन्थे।

 

आमाबुवाले दुबै जनाको नाम र थर बनाएर सन्तानको नाम राखेका थिए। आमा हिन्दु भएकाले उनको नाम हर्षवर्द्धन भयो भने बाबुको बाट छिरिङ्ला थर बनाइयो। त्यतिबेला मुम्बईमा छिरिङ्ला थर अनौठो थियो। त्यसैले विद्यालयका शिक्षकले उनको थर बिगारेर श्रींगला बनाइदिए। श्रींगला र छिरिङ्ला उस्ताउस्तै सुनिने भएकाले उनीहरू झुक्किएका हुन सक्छन्।

 

झुक्किएर डकुमेन्टमा लेखिएको थर नै पछि उनले प्रयोग गर्ने भए। १९८४ मा श्रींगला भारतीय विदेश सेवामा भर्ना भए। विदेशस्थित नियोगहरूमा कूटनीतिज्ञ बनेर जाँदा उनी कुन समुदायका हुन् भनेर चासोको विषय हुन्थ्यो।

 

गत वर्ष सिक्किमस्थित आइसिएफएआई विश्वविद्यालयले दिएको मानार्थ पिएचडीको उपाधि ग्रहण गर्दा श्रींगलाले नेपालीमा पनि सम्बोधन गरेका थिए। सम्बोधनको अन्तिममा उनले नेपाली (मेरो मातृभाषा जुन सिक्किमको पनि भाषा हो) मा आफ्नो भनाई अन्त्य गर्न चाहन्छु भनेका थिए।

 

 

नेपाली मातृभाषा भएका श्रींगला नेपाल–भारत सम्बन्धलाई फेरि सामान्य लयमा फर्काउने शिलशिलामा काठमाडौं आउन लागेका हुन्। भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमणबाट फर्किएको केही दिनपछि नयाँदिल्लीले राजनीतिक तहको वार्ताका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको हो।

भ्रमणका क्रममा श्रींगलाले समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली भेट गर्ने तय भएको छ । उनी विभिन्न विषयमा छलफल गर्न काठमाडौं आउन लागेका छन्।

गत वर्ष भारतले नेपालको कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध ओह्रालो लाग्न थालेको थियो। पछि नेपालले पनि कालापानी र लिपुलेक क्षेत्र समेट्न संविधान नै संशोधन गरेपछि नयाँदिल्ली क्रुद्ध बनेको थियो। दुई देशको सम्बन्ध चिसिएपछि कूटनीति र राजनीतिक तहमा काठमाडौं–नयाँदिल्लीबीच सम्बन्ध विच्छेद जस्तै भएको थियो।

गत कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएपछि दुई देशबीच फेरि कुराकानी सुरू भएको थियो।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=qPheUtZcwOk&feature=youtu.be

सम्बन्धित खबरहरु