काठमाडौं । भारतकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानतमा रिहाई गर्न आदेश दिएको छ । उनीहरुलाई भारु १५ हजार जमानतमा रिहा भएका हुन् । "ला'गुप'र्दाथ" प्र'करणमा गिरफ्तार भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई हिरासतमा नै बस्ने चर्चा भइरहेको थियो ।

 

उनीहरुलाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको थियो । एनसीबी अदालतले यस्तो आदेश दिएको हो । भारतीलाई कल्याण र हर्षलाई तलोजा हिरासतमा राखिएको थियो ।

 

 

दुबै जनाले जमानतका लागि निवेदन दिएका थिए । यसको सुनुवाई आज भएको हो । एनसीबीले १८ घन्टा सोधपुछ गरेपछि आइतबार हर्षलाई गिरफ्तार गरेको थियो । यस्तै, शनिबार साढे ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले भारतीलाई गिरफ्तार गरेको थियो ।

 

 

सम्बन्धित खबरहरु