काठमाडौ । काठमाडौं महरनगरपालिका-२२ खिचापोखरीस्थित महालक्ष्मी कम्प्लेक्समा रहेको साङगे लामाको चाईनिज रेष्टुरेण्टमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

यसैगरी सोलुखुम्बु, पासाङल्हामु गाउँपालिका-३ फाग्दिनस्थित सोनाम शेर्पाको यती माउण्टेन होम होटलमा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा घर, भाडावर्तन, लत्ताकपडा, अन्नपात र होटलको सामान गरी करिब २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

रौतहट, देवाही गोनाही नगरपालिका-७ प्रेमपुर गोनाही बस्ने जागृत रामको घरमा आइतबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा उनको नजिकै रहेका अन्य ७ वटा घरमा समेत आगो सल्किन गई १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

झापा, भद्रपुर नगरपालिका-२ सगरमाथा चोक बस्ने दिपक बस्नेतको निर्माणाधिन टिनको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

महोत्तरी, औरही नगरपालिका-१ बजारस्थित महेश साहको घरमा आइतबार राति बिजुलीको तार सर्ट भई आगलागी हुँदा घरमा रहेको साधना लघु वित्तिय संस्था, ईन्टरनेटको अफिस, सटरहरु भएका हार्डवेयरका सामानहरु जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यता काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित टुकुचा खोलामा काभ्रे चौंरिदेउराली गाउँपालिका-३ घर भई काठमाडौं भोटेबाल बस्ने ७७ वर्षीय दावा दोर्जे योन्जन आइतबार दिउँसो मृत अवस्थमा फेला परेका छन् ।

 

रुपन्देही, बुटवल उपमहानगरपालिका-११ बिनापाते डेरा गरी बस्ने नुवाकोट घर भएका ६० वर्षीय उद्धब तामाङ आफ्नै कोठाभित्र आइताबर दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ स्थित पेट्रोल पम्प नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइताबर दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी दाङको राप्ती गाउँपालिका-२ लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेण्टमा जुवा खेलिरहेको अवस्थामा प्युठान सरुमारानी गाउँपालिका-३ बस्ने ५० वर्षीय चुमान सिंह सुनार लगायत ७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

तास खेलीरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४६ हजार रुपैयाँ र १० गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अपराध खबर -स्रोत :- नेपाल प्रहरी केन्द्रीय कार्यालय

सम्बन्धित खबरहरु