पर्सा । वीरगञ्ज महानगरपालिका-११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका-४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ ।

कपडामा आईरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आइरन लगाउँदा उनले आइरनसँगै आएको तारलाई ख्याल गरेनन् । तर आइरनको तातो भागमा टाँसिएको थियो ।

 

त्यसलेगर्दा पग्लिदै भयो । तारको बाहिरको भाग पग्लिएपछि करेन्ट लाग्ने तामाको भाग आइरनमा छोयो । त्यसपछि उनलाई करेन्ट लाग्यो । आइरन लगाउँदा हामीले जहिलेपनि तारको ख्याल राख्नुपर्छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता पर्सा कै वीरगंज महानगरपालिका-१६ नगवा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका-४ घर भएका २० वर्षीय नमेश कुमार यादव आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु