तिम्रो लामो बलिदान तिमीलाईनै घाँडो भएको देख्दा,
तिम्रा मुटुका ढुकढुकीहरु तिमीले आफै सुन्न नसक्दा,
खै कहाँ होला सपुतहरुले स्वर्ग जाने बाटो,
आखिर सबै निमिट्यान्न पारेर दंग छौ है तिमी ?

आफ्नै नामको भजनले इश्वर प्रशन्न हुने भए,
किन चाहिन्थे होला भक्तराजहरु यहाँ ?
तिमी आफैले भगवान जन्माउन सक्ने भए,
किन छट्पटाउछिन आमा प्रसुतिका ब्यथासँग,
आखिर भोकालाई नै नंग्याएर दंग छौ है तिमी ?

तिमी बाहेक मेरो कोही थिएन यो संसारमा,
म जस्ता भोका नांगाहरुले देखेको सपना थियौ तिमी,
भुल भयो सपनालाई सत्य ठानेर निदाउँन खोज्नु,
झल्यास्स ब्युँझिदा ओच्छ्यानमा सबै भ्रम रहेछ,
आखिर सबैलाई पश्चातापमा जलाएर दंग छौ है तिमी ?

  • लिला बल्लभ नेपाल, बिराटनगर

.

सम्बन्धित खबरहरु