बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको ज्यान उद्योग अभियोग पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् ।

 

बालिकाको ज्यान उद्योग अभियोगमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले ढुंगामुढा गर्दै आगजनी गरेका हुन् ।

 

आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

 

बालिका ज्यान उद्योग अभियोगको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।

 

बालिकाको लाश बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि ज्यान उद्योग अभियोगमा पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

 

बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको लाश बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् ।

 

 

बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साहले बालिकाको ज्यान उद्योग अभियोग स्वीकार गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले मापसेको सुरमा यो सबै गरेको खुलाएका थिए ।

 

घटना प्रकृति हेर्दा बा’लि’का’लाई क’र’णीपछि ज्या’न स’म्बन्धि उद्योग भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने लाश परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । लाश परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँको भनाइ छ ।

 

 

सम्बन्धित खबरहरु