काठमाडौ । अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा तपस्वी रामबहादुर बम्जनको जंगलभित्रको बसाई विलासी राजाभन्दापनि उच्च देखिएको छ । प्रहरीले गरेको अप्रेसनमा त्यो देखिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घेरा हाल्यो।

 

'क'र'णी' अ'भियो'ग' 'ला'गेका' त'प'स्वी रामबहादुर बम्जनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अप्रेसन थियो । उनकै अनुयायीले सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०७६ माघ २४ गते प्रहरीले पहिलो पटक पक्राउ गर्ने प्रयास गरेको थियो। त्यो अप्रेसन असफल भयो।

बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट चार जना अनुयायी हराइरहेका छन्। उनीहरुको अहिलेसम्म कुनै पत्तो छैन। सिन्धुलीको कमलामाई नगरपालिका–८ मा तवस्वी बम्जनको ‘बोधिमार्ग दर्शन मैत्री धर्म आश्रम’ करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। यसमध्ये केही बम्जनकै जग्गा हो भने आश्रमको धेरै क्षेत्र सरकारी जंगल हडपेर बनाइएको छ।

 

पहिलो अप्रेसन असफल भएपछि चार महिना लगाएर थप अनुसन्धान गरेको प्रहरी अतिरिक्त दलबल लिएर त्यहाँ पुगेको थियो। प्रहरीले सो अप्रेसनका लागि दुईवटा कुकुर समेत प्रयोग गर्यो– एउटा ‘ट्रयाकर’ र अर्को ‘रेस्क्यु’। अप्रेसन टिमसँग सशस्त्र प्रहरीको लाइभ डिटेक्टर मेसिन र त्यससम्बन्धी विज्ञ टोलि पनि थियो, जसले जमिन मुनिको मानिस पनि पत्ता लगाउन सक्ने प्रहरीको भनाइ थियो ।

तपस्वी भनेर चर्चित एकजना बम्जनलाई पक्राउ गर्न बिभिन्न युनिटका गरी १२० प्रहरी सो जंगल क्षेत्रमा पुगेका थिए। ‘पहिलो पटक पक्राउ गर्न जाँदा प्रहरीबाट धेरै त्रुटि भएका कारण बम्जनको आश्रमस्थलसम्म पनि नपुगी फर्किनुपरेको थियो’, अप्रेसनमा खटिएका एक जना प्रहरी अधिकारी भन्छन्, ‘त्यसैले, दोस्रो पटक थप तयारी गरेर त्यहाँ पुगेका थियौं।’ प्रहरीले त्यहाँ पुग्नु पहिले नै बम्जनको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरिसकेको थियो।

 

मोवाइल सम्पर्कका आधारमा बम्जन रहेको क्षेत्र सुनिश्चित गरेर प्रहरी त्यहाँ पुगेको हो। त्यहाँको स्थानीय समुदायले बम्जनलाई धर्मगुरु मान्ने भएकाले उनलाई पक्राउ गर्दा प्रहरीमाथि नै केही असर हुनसक्ने आँकलन थियो। त्यहीअनुसार हतियार सहितको टोली साथमै थियो। संभवतः बम्जन निवासमा लामो समयदेखि नबसेकाले हुनसक्छ ट्रयाकर डगले पनि उनको संकेत पाउन सकेन। प्रहरीको भनाइमा त्यहाँको भौगोलिक संरचनाका कारण कुकुरले काम गर्न सकेनन्।

घनाजंगलभित्र छरिएका संरचना प्रहरीलाई पत्ता लगाउनै गाह्रो पर्यो। त्यसमाथि गौंडा गौंडामा सञ्चार सेटसहितका बम्जनका बडिगार्ड तैनाथ थिए।

 

ठूलो संख्यामा प्रहरीलाई देखेपछि उनीहरुले माछा पक्रिन नदिनका लागि आफूहरुले गस्ती गरेको बताए। सो क्षेत्रमा बम्जनका अनुयायी बाहेकलाई प्रवेश गर्न दिइँदैन। गस्ती टोली रहेको ठाउँबाट ५ देखि ७ मिनेट पैदल अगाडि बढेपछि प्रहरी एउटा आश्रममा पुग्यो। र, त्यतिनै अगाडि बढ्दा महिला अनुयायीहरु बस्ने आश्रममा पुग्छ।

 

प्रहरीका अनुसार त्यहाँबाट थप १० मिनेट अगाडि बढेपछि घोडाको तबेला रहेको स्थानमा पुगिन्छ। त्यसपछि उकालो लागेपछि आउँछ बम्जनका विदेशी अनुयायी बस्ने आश्रम। जंगलभित्र आश्रमका यस्तै बिभिन्न संरचनाहरु छरिएका छन्।

प्रहरीलाई यहाँभित्रका यस्ता संरचनाहरु पत्ता लगाउनै हम्मेहम्मे पर्‍यो। बम्जनका लागि सामान ल्याउने लैजाने व्यक्ति प्रहरीले पहिले नै पत्ता लगाएको थियो र उनैमार्फत् बम्जन रहेको स्थानमा पुग्ने प्रहरीको योजना थियो। बिहान ४ बजेबाट अप्रेसन थालेको प्रहरीले ती व्यक्तिलाई ११ बजेमात्रै भेट्यो। सिधै जाँदा थाहा पाउलान् भनेर पछाडीपट्टिबाट बम्जन रहेको भनिएको भवनतर्फ प्रहरी अगाडि बढ्यो।

 

करिब २ घण्टा हिंडेपछि बल्ल प्रहरी त्यो स्थानमा पुग्यो। त्यहाँ लामोलामो कपाल पालेका, ट्याटू खोपेका पाँचजना युवाहरु भेटिए। कटेजमा बसेका तिनै युवाहरु नै हुन् जसले अन्य व्यक्तिलाई बम्जनसँग भेट गराउँछन्। कसलाई बम्जनसँग भेट गर्न दिने र कसलाई नदिने भन्ने उनीहरुकै हातमा हुन्छ। आश्रम क्षेत्रभित्र रहेका अन्य व्यक्तिभन्दा उनीहरु फरक थिए। जुडो, कराँते खेल्ने ठाउँ पनि रहेको आश्रमभित्र कपाल पालेका उनीहरु ५ जना मात्रै भेटिए।

 

 

‘त्यहाँ भेटिएका एक युवा पहिले गौंडामा बस्थे, अहिले उनले बम्जनको सुरक्षा गर्ने जिम्मा पाएका रहेछन्,’ अप्रेसनमा सहभागी एक प्रहरीले भने। उनीहरुलाई प्रहरीले सोध्यो, ‘बम्जन कहाँ छन् ?’ उनीहरुको एउटै जवाफ थियो।

 

जुन जवाफ प्रहरीले जंगल प्रवेश गर्ने बेलादेखि नै सुन्दै आएको थियो, ‘हामीलाई केही थाहा छैन। उहाँ त ध्यानमा हुनुहुन्छ। उहाँले दर्शन गर्न चाहेमा मात्रै भेट्ने हो।’ आश्रमका अनुयायीहरुले पनि प्रहरीलाई बम्जनबारे कुनै जानकारी दिएनन्।

 

एक अनुयायीको भनाइ उधृत गर्दै अप्रेसनमा संलग्न अर्का एक प्रहरी भन्छन्, ‘उहाँ साक्षत भगवान हो, यो श्रृष्टि गर्नका लागि उहाँ आउनु भएको हो। तपाईंहरु पापी मन लिएर आउनु भएकाले भेट्न सक्नुहुन्न।’ उनीहरुले प्रहरीलाई पवित्र मन लिएर आएमात्र भेट्न सक्ने बताए।

 

‘उहाँ त रुखको टुप्पोमा हुन सक्नुहुन्छ, पानीमा हुन सक्नुहुन्छ, अन्तरध्यान हुनुहुन्छ,’ अनुयायीहरुले प्रहरीलाई व्याख्या गरे, ‘तपाईंहरु पापी हुनुहुँदो रहेछ, तपाईंहरुलाई २१ दिनभित्रमा पाप लाग्छ, तपाईंहरु गलत मान्छे हो। त्यही कारण उहाँलाई भेट्न सक्नु हुन्न।’ प्रहरीका अनुसार आश्रमभित्र ५०–६० जना अनुयायी छन्।

 

 

अप्रेसनको क्रममा प्रहरीले अनुयायी बस्नेदेखि बम्जन बस्ने भनिएको कोठासम्म सबै क्षेत्र खोजतलास गर्‍यो, कुकुर र उपकरणहरू पनि प्रयोग गरे। तर बम्जन कहाँ छन् भन्ने कुनै सुइँको पाउन सकेन। दिउँसो दुई बजेसम्म केही पत्ता नलागेपछि झण्डै डेढ घण्टा लगाएर छरिएका प्रहरी एक ठाउँ भेला भएर फर्किए।

प्रहरीको यो अप्रेसनसँगै बम्जनले प्रयोग गर्ने टेलिफोन नम्बर परिवर्तन भइसकेको छ। बम्जन र उनका सहयोगीले प्रयोग गर्ने १५ वटा मोवाइल नम्बर प्रहरीले ट्रयाक गरेको थियो। ती नम्बर अहिले प्रयोगमा छैनन्।

 

 

त्यसो त बम्जनबारे प्रहरी अनुसन्धान अहिलेलाई थाँति रहेको छ। अदालतले उनको बारास्थित घरमा गत साता अदालतमा उपस्थित हुन म्याद टाँसेको छ।

 

बम्जन आफैं अदालतमा उपस्थित भएनन् भने अदालतको फैसला नभएसम्मका लागि प्रहरीले पक्राउ गर्न पाउने छैन। तर बम्जनको उक्त आश्रम हेर्दा कुनै विलासी राजाको भन्दा कम छैन । हेर्दैमा लोभलाग्दा भित्री संरचनाले प्रहरी नै चकित बनेको छ । यस्तो कसरी भयो ?

 

यो हप्ताका चर्चित शीर्षकहरु

एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]

आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै

अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]

भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै

फ्लाइटका दौरानमा एयर होस्टेज शा’रीरिक सु:खको अफर दिने गरेको खुलासा

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

करीना र सैफ अलीको सानो तैमुरको प्यारो स्टाइल : जति प्रशंसा गर्दा पनि कम

प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन

विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !

१२ बर्षसम्म ससुराले बुहारीलाई बच्चा जन्माउन रोक लगाउनुको कारण थाहा पाउँदा दुनियाँ चकित !

जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन

सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस

यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशबाट अनलाइन फारम [ तरिकासहित ]

श्रीमती माइतीमा बसेको झोकमा एक श्रीमानले जे गरे, त्यसले सबैको होस उडायो !

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

 

 

 

सम्बन्धित खबरहरु