काठमाडौं । नेपालमा आज सुनको मुल्य घटेको छ । नेपाली बजारमा सुन आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको महासंघले जानकारी दिएको छ । अर्कोतिर तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भइरहेको छ ।

सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भइरहेको छ ।

सम्बन्धित खबरहरु