काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या बढेको बारे जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । अर्कोतिर २४ घण्टामा २ हजार ७९१ कोरोनामुक्त, २४ को मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

सम्बन्धित खबरहरु