काठमाडौ । गार्डेन मार्टबाट तिहार विशेषमा सामान खरिद गर्ने क्रेताहरुमध्य दुई जनाले स्कुटर र एक तोला सुन जितेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कौशलटार भक्तपुरद्धारा भक्तपुरको कमलविनायकमा सञ्चालित गार्डेन मार्टले घोषणा गरेको दसैं तिहारमा ल्याएको लक्की ड्र अफर अन्तर्गत दुई छुटाछुटै क्रेतामध्ये एक जनाले स्कुटर र अर्काे एक जनाले एक तोल सुन उपाहार पाएका हुन् ।

आठ हजार भन्दा वढी सामान खरिद गर्नेहरुमध्येबाट कुपन नं २०११ का अभय गौतमले प्लेजर स्कुटर जितेका छन् । यस्तै पाँंच हजार भन्दा वढी सामान खरिद गर्नेहरु क्रेताहरुमध्येबाट कुपन नं ११३४ का राजाराम खड्काले एक तोल सुन जितेका छन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका जिल्ला अध्यक्ष वीरेन्द्र जतिले एभीन्यूज टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत लक्की ड कुपन लिई छनौट गरेका थिए । त्यही अनुसार विजेता छनौट भएका थिए ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कौशलटार भक्तपुरले भक्तपुरसहित देशका विभिन्न जिल्लाहरुमा सस्तो, सुलभ दरमा गार्डेन मार्ट सञ्चालन गरी उपभोक्ताहरुलाई सेवा सुविधा दिंदै आएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक लीलानाथ गौतमले जनाए ।

सम्बन्धित खबरहरु