काठमाडौ । नेपालकी मात्र १८ बर्षीय सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्नु भएको छ । १८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे लाशको अन्तिम संस्कार गर्दै आउनु भएको छ । म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आउनु भएको थियो । यहाँ आएपछि उहाँले बेवारिसे लाशको अन्तिम संस्कार गरेको देखेपछि उहाँले पनि यही काम थाल्नु भएको हो ।

 

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उहाँले बताउनु भएको छ । साथीभाइको संगतका कारण आफूले पनि सडकको जिन्दगी भोगेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ‘एसएलसीपछि साथीभाइको लहलहैमा लागेर विश्वासघातमा परेर सडकमा पुगेको थिए । तर अहिले म त्यो ठाउँमा छैन, जुन ठाउँमा म हुन्थ्ये । म अहिले धेरै खुशी छु । यो कामले मलाई आफ्नै परिचय दिएको छ ।’

 

२०७३ सालमा म्याग्दीमा एसएलसी सकेकी उहाँ त्यसपछि सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना हुनु भएको थियो । तर, त्यसपछि साथी संगतमा परेर उहाँ काठमाण्डौ आउनु भएको थियो । अहिले आफूले राम्रो कामको सुरुवात गरे पनि केहीले विगतलाई सम्झाएर आलोचना गर्ने गरेका उहाँले बताउनुभयो ।

 

बेलायती समाचार संस्था बीबीसीले सन् २०२० का प्रभावशाली एस सय महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समेटेको हो । बीबीसीले समाजमा योगदान पुर्याएका, उत्प्रेरक र उदाहरणीय काम गर्ने महिलालाई यो सूचीमा समावेश गरेको हो ।

 

यो सूचीमा सपनासहित फिनल्याण्डका प्रधानमन्त्री, वैज्ञानिक, लेखक, अनुसन्धानकर्तालगायत समावेश छन् । यो उपलब्धीलाई यहाँले सारा नेपालीको उपहार भन्नुभएको छ । उहाँले भन्नुभयो मेरो जीवन नेपालीकै सेवामा समर्पित हुन्छ । यसैले यो खुशीको उपहारपनि नेपालीमा नै समर्पित गर्छु । बाँकी भिडियोमा हेर्नेहोस् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=_HBQsTpN070&feature=youtu.be

 

 

सम्बन्धित खबरहरु