काठमाडौ । सिरहा, सुखिपुर नगरपालिका-८ स्थित सडकमा स.३ प ७३४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सिन्धुली दुधौली नगरपालिका-९ बस्ने २२ वर्षीय किरण गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका किरणको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुखिपुर नगरपालिका-८ बस्ने २० वर्षीय राजु चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

 

चितवन, राप्ती नगरपालिका-७ हर्दी चोकस्थित सडकमा एनएल ०१ एल २४६० नम्बरको भारतीय एलपी बुलेटले प्रदेश ३-००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्ती नगरपालिका-५ बस्ने ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनैको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ग्याँस बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ जय चोकस्थित सडकमा मे।८ प ६३७७ नम्बरको मोटरसाइकल र को.१ ख ६८३१ नम्बरको बस एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक झापा मेची नगरपालिका-९ बस्ने ३२ वर्षीय मुकेश प्रसाद पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यसैगरी मोरङ, बेलबारी नगरपालिका-४ स्थित सडकमा प्रदेश १-०२-०४२ प ४२१६ नम्बरको मोटरसाइकल र को.३९ प ३८०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा को.३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक बेलबारी नगरपालिका-७ बस्ने ३७ वर्षीय नविन पौडेलको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-७ बस्ने २६ वर्षीय मनोज बिष्टको बिराटनगर न्यूरो अस्पतालमा र प्रदेश १-०२-०४२ प ४२१६ नम्बरको मोटरसाइकलमा सवार चालक सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय नविन राई समेत २ जनाको धरान अस्पताल घोपामा उपचार भईरहेको छ ।

 

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ गोरुसिंङ्गे जंगलस्थित सडकमा ना.८ ख २५२५ नम्बरको रोकी राखेको बसमा यूपी ४२ बीटी २३९१ नम्बरको भारतीय ट्रक मंगलबार बिहान ठक्कर खाई दुर्घटना हुँदा ट्रक चालक भारत अयोध्या दर्शननगर बस्ने ६० वर्षीय मुन्नीलाल चौहानको ट्रकमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।

 

दुर्घटनामा घाइते भएका बसका चालक बाँके राप्ती सोनारी गाउँपालिका-४ अगैया बस्ने २४ वर्षीय कमल परियार लगायत ४ जना गोरुसिंङ्गेस्थित बुद्ध पोलिक्लिनिकमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

 

धनुषा, बटेश्वर गाउँपालिका-४ स्थित सडकमा सोमबार बिहान ज.११ प १५१९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-२ बस्ने बिषुन देव ठाकुरकी ६ वर्षीया छोरी आरती कुमारी ठाकुरको मृत्यु भएको छ ।

 

विद्यालय गईरहेको अवस्थामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि स्थानीय मेडिकल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु