काठमाडौ । काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौकै गोकर्णेश्वर नगरपालिका-८ बेसिगाउँस्थित सडक पेटिमा सोही ठाउँ डेरा गरी बस्ने शंकरापुर नगरपालिका-१ नाङलेभारे घर भएका ७० वर्षीय राजमान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु