काठमाडौ । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ बस्ने गौराज श्रेष्ठको जग्गा भाडामा लिई टहरो बनाई बस्ने रुकुम घर भएका पानसरा वुढा, हस्ताकला वुढा र जयकुमारी वुढाको डेरा कोठामा सोमबार दिउँसो आगलागी हुँदा तीनै जनाको टहरो पूर्णरूपमा जलेर करिब ४ लाख ८ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाँचथर, मिक्लाजुङ गाउँपालिका-३ गैरीगाउँ बस्ने रणध्वज कुरुङवाङको भान्छा घरमा सोमबार दिँउसो आगलागी हुँदा भान्छाघर पूर्णरूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रामेछाप, रामेछाप नगरपालिका-३ साँघुटारस्थित श्री हिमगंगा माविको।प्राविधिक पशु बिज्ञान फर्मको भवनमा सोमबार दिउँसो आगलागी हुँदा भवन पूर्णरूपमा जलेर करिब २३ लाख ५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, सुनबर्सी नगरपालिका-८ बिश्वकर्मा चोक बस्ने नबिन यादव समेत २ जनाको घरमा सोमबार दिउँसो आगलागी हुँदा दुवै जनाको गरी करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, दुहबी नगरपालिका-१ प्रास्टोकी बस्ने मोहमद अकतरको घरमा सोमबार साँझ आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका-३ सिंगिया बस्ने बासुदेब चौलागाईको घरमा बिजुली सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको डेढ तोला सुन, १२ तोला चाँदी, लत्ताकपडा, भाँडावर्तन र अन्नपात जलेर करिब २० लाख रुपैयाँ बराबर धनमाल नष्ट भएको छ । स्थानीयवासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु