काठमाडौं । मुख्यमन्त्रीलाई सिध्याउने भन्दै चेतावनी दिने व्यक्तिलाई प्रहरीले समातेको छ । भारतको उत्तर प्रदेश प्रहरीले एक १५ वर्षीय नाबालकलाई आग्राबाट पक्राउ गरेको छ ।

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई व्हाट्सएपमा चेतावनीसहितको सन्देश पठाएको आरोपमा उनी समातिएका हुन् । यो सन्देश उत्तर प्रदेश प्रहरीको ११२ आपतकालीन सेवाहरूको व्हाट्सएप नम्बरमा आएको थियो । यसमा, नाबालकले सीएमलाई सिध्याउने चेतावनी दिएका थिए ।

 

यद्यपि उनले यस्तो किन गरे भन्ने कुरा स्पष्ट पारिएको छैन । यस प्रकारको सन्देश प्राप्त भएपछि लखनऊको सुशान्त गल्फ सिटी प्रहरी चौकीमा विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले आफ्नो निगरानी र साइबर टोलीको सहयोगमा आगराबाट ति बालकलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु