काठमाडौ । सुमधुर आवाज । सुन्दर रूपकी धनी । सांगीतिक दुनियाँमा फराकिलो बन्दै गरेको परिचय । एकपछि अर्को ‘बिजनेस’ । एकछिन फुर्सद छैन । काममाथि काम । समय व्यवस्थापन गर्ने कला त्यत्तिकै लोभलाग्दो ।

 

उल्लिखित हुलिया गायिका रमिता भण्डारीको हो । गायिकामात्रै भनियो भने उनको परिचय अधुरो हुन्छ । उनी मोडल पनि हुन् । उनले नेपालमा मात्रै होइन, सिंगापुर, हङकङ, मलेसिया र भारतमा समेत ‘क्याटवाक’ गरिसकेकी छन् । सन् २००२ मा आयोजित ‘अल नेपाल ट्यालेन्ट कम्पिटिसन’ मा ‘बेस्ट मोडेल’ उपाधि पाएकी उनले ६ ‘ट्यालेन्ट शो’ मा उत्कृष्ट अभिनय गरेको भन्दै विजयी भएकी थिइन् ।

 

दर्जनौं म्युजिक भिडिओ, टेलविज्ञापन र र्याम्प शोमा अभिनय गरिसकेकी भण्डारी कुशल कोरियोग्राफर पनि हुन् । ‘इभेन्ट अर्गनाइजर’ को परिचयसमेत बनाएकी उनले समय–समयमा इभेन्ट शो गर्न भ्याएकै छिन् । ‘फेसन शो’ मा कोरिग्राफरको भूमिका निर्वाह गर्न सकेकै छिन् ।

 

बहुमुखी प्रतिभा रमिता साहित्यका विविध विधामा कलम चलाउँछिन् । उनले लेखेको कथा, कविता र गीत विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ । साहित्यमा कलम चलाएबापत थुप्रै अवार्ड पाएकी उनी रश लाइट मिडियामार्फत स्वदेशमा मात्रै होइन, विदेशमा समेत सांस्कृतिक कार्यक्रम गर्दै आएकी छन् ।

 

निकट भविष्यमा तेस्रो ‘सोलो एल्बम’ तयारीमा रहेकी उनको केही समयअघि सार्वजनिक ‘के यो माया हो ?’ म्युजिक भिडियो सर्वाधिक चर्चामा छ । गायक जोहेब मानन्धरसँग सामूहिक गीत गाएकी उनी स्वयम्ले अभिनयसमेत गरेकी छन् ।

 

सम्बन्धित खबरहरु