काठमाडौं । गम्भीर प्रकरणमा संलग्न शिक्षक समातिएका छन् । वीरगञ्ज महानगरपालिकाबाट गएराति प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको हो । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले समातेको हो । उनलाई वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट समातिएको हो ।

विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्थामा अस्त्र बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले यसको पुष्टि गर्नुभयो ।

खोजतलासका क्रममा प्रहरीले अलमारीबाट अस्त्रमा प्रयोग हुने लगायत विभिन्न सामानसहित मान्छेहरुलाई अर्धचेत पार्ने कुरा पनि फेला पारेको जनाएको छ । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

सम्बन्धित खबरहरु