काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २ लाख २६ हजार २६ पुगेको छ । आज थप १ हजार ९४८ नयाँ संक्रमित थप भएसँगै कुल संख्या पनि बढेको हो । अर्कोतिर नेपालमा अहिलेसम्म २ लाख ७ हजार ९९८ जना निको पनि भएका छन् । नेपालमा आज मात्रै थप ३ हजार १४० संक्रमित निको भएका छन् ।

गत २४ घण्टामा थप २८ जनाको मृत्यु भएसँगै कुल मृतकहरुको संख्या १ हजार ३८९ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा नेपालमा अहिलेसम्म १६ लाख ९० हजार ५०९ जनाको कोरोना परीक्षण गरिएको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरुको संख्या १६ हजार ६३९ पुगेको छ ।

सम्बन्धित खबरहरु