काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा भर्खरै एक सूचना प्रकाशित गर्दै वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने परीक्षाको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि आह्वान भएको छ ।

स्नातक तह बी. टेक खाद्य प्रविधि प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी न्यूट्रिशन एण्ड डाइटेटिक्स प्रथम, दोस्रो ,तेस्रो र चौथो वर्षको नियमित (पूरा तथा आंशिक) परीक्षा दिने विद्यार्थीहरुलाई नियमित दस्तुरमा २०७७ साल मंसिर २६ गते सम्म र विलम्व शुल्क तिरी पौष ०१ गते सम्म क्याम्पसले परीक्षा आवेदन फारम भराई सक्नुपर्नेछ र तोकिएको मितिले २ दिन भित्र प.नि.का.बल्खु तथा सम्वन्धित क्षे.प.नि.का.मा वुझाइ सक्नु पर्नेछ सूचनामा भनिएको छ ।

यस्तो छ सूचना

बी.टेक (खाद्य प्र्रविधि) स्नातक तह प्रथम,दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी (न्यूट्रिशन एण्ड डाइटेटिक्स) प्रथम,दोस्रो र तेस्रो , चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचनात्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खु

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने स्नातक तह बी. टेक खाद्य प्रविधि प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी न्यूट्रिशन एण्ड डाइटेटिक्स प्रथम, दोस्रो ,तेस्रो र चौथो वर्षको नियमित (पूरा तथा आंशिक) परीक्षा दिने विद्यार्थीहरुलाई नियमित दस्तुरमा २०७७ साल मंसिर २६ गते सम्म र विलम्व शुल्क तिरी पौष ०१ गते सम्म क्याम्पसले परीक्षा आवेदन फारम भराई सक्नुपर्नेछ र तोकिएको मितिले २ दिन भित्र प.नि.का.बल्खु तथा सम्वन्धित क्षे.प.नि.का.मा वुझाइ सक्नु पर्नेछ । शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । -परीक्षा नियन्त्रक

 

 

सम्बन्धित खबरहरु