काठमाडौं । एक युवक आईतवार दिउँसोबाट गायब भएका छन् । बिर्तामोडका एक युवा आइतवार दिउँसोबाट हराएका हुन् । झापा सिवगञ्ज–६ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका पर्वत पौडेल हराएका हुन् । उनका आफन्तजनहरुले खोजीकार्यको लागि मंगलवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन समेत दिएका छन् ।

सामाजिक सञ्जालमार्फत पनि यस बारेमा जानकारी दिइएको छ । किन एका–एक कसैलाई जानकारी नदीईकन हराएका हुन भन्ने बारेमा प्रहरीले खोजीकार्य गरीदियोस भनी आमा मिना पौडेलले प्रहरीमा निवेदन दिएकी हुन् ।

पौडेलले एक महिना अघि आफ्नो फेसबुक वालमा १४ दिन देखि मान्छे हराएको र सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध सहितको आफ्नो तस्विर राखेर टिकटक बनाई सम्प्रेषण समेत गरेका थिए ।

पौडेल परिवारले देख्ने महानुभावहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोड, नजिकको प्रहरी कार्यालय वा ९८१४९३१०४६, ९८४२७७४३८० मा सम्पर्क गर्न अनुरोध गरेको छ । परिवारका अनुसार पर्वत पौडेल मातापाथीभरा सहकारी बिर्तामोडमा काम गर्दै आएका थिए ।

सम्बन्धित खबरहरु